सशस्त्र प्रहरीको गाडी बससंग ठोक्किंदा तीन जना घाइते

सशस्त्र प्रहरीको गाडी बससंग ठोक्किंदा तीन जना घाइते

झापा, भाद्र २ गते।

झापाको कन्काई नगरपालिका १ स्थित पूर्वपश्चिम राजमार्गमा मंगलबार सांझ सशस्त्र प्रहरी बलको वानटन बससंग ठोक्किंदा एक यात्रीसहित तीन जना घाइते भएका छन्।

सांझ करिब ५ बजे पूर्वबाट पश्चिमतर्फ आउदै गरेको सशस्त्र प्रहरी बल काकडभिट्टाको बा. १ ग २६२५ नं.को वानटन को.१ख १८६७ नं.को यात्रुवाहक बसको पछाडी ठोक्किएको थियो। दुर्घटनामा परी बसका यात्री कन्काई नगरपालिका ४ बस्ने २८ वर्षिय हिमाल वाग्ले तथा सशस्त्र प्रहरि जवान बिनोद श्रेष्ठ र राम बिनोद यादब सामान्य घाइते भएका छन्।

घाइते तीनैजनालाई स्थानिय मेडिकल पुर्‍याई उपचार गराइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्