भारदहमा तनाव कायमै, प्रहरी विट र मोटरसाइकलमा आगजनी

भारदहमा तनाव कायमै, प्रहरी विट र मोटरसाइकलमा आगजनी

चन्दन रौनियार भारदह(सप्तरी)-

सप्तरीको भारदहमा तनाव अझै कायमै रहेको छ। मंगलवार विहान झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर भारदह– १ का ३५ बर्षिय राजिव राउतको मृत्यु पश्चात उत्पन्न तनाव बुधवार विहान पनि भारदहमा जारी रहेको छ। विहानै बन्दकर्ताहरुले भारदह चोकमा रहेको नेपाल प्रहरीको अस्थाई विटलाई तोडफोड गर्दै आगजनी गरेका छन्। त्यस्तै स ४ प ७९३८ नम्बरको मोटरसाईकलमा समेत बन्दकर्ताहरुले आगजनी गरेका छन्। धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको राजिव राउतको शव ल्याई दिउँसो ४ बजे भारदहमा शब यात्रा गर्ने कार्यक्रम रहेको संघीय समाजवादी फोरम नेपालका नेता शम्भु झाले जानकारी गराए। मातृका यादव भारदहमा यसैबीच नेकपा माओवादीका नेता मातृका यादव भारदह आईपुगेका छन्। पछिल्लो आन्दोलनमा उनको पार्टी समेत सहभागि रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्