६ किलो गाँजा र ६५० ग्राम चरेशसहित चारजना पक्राउ

<span class='c1'>६ किलो गाँजा र ६५०</span> <span class='c2'>ग्राम चरेशसहित चारजना पक्राउ</span>

झापा, भाद्र २

प्रहरीले मंगलबार झापाको राजगढ र चकचकी गाविसबाट ६ किलो गाँजा र ६५० ग्राम कालोचरेश सहित चारजना कारोबारीहरुलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चकचकी गाविस वडा नं. ९ बस्ने वर्ष ५२ को कालु मियाँ, सोही ठाउँ बस्ने वर्ष ५५ को अलमोदिन मियाँ, राजगढ गाविस वडा नं. ८ बस्ने वर्ष ६१ को कुमार सिंह राजवंशी र सोही ठाउँ बस्ने वर्ष ५२ कि खेलवती राजवंशी छन्।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाको आधारमा पक्राउ गरिएको हो।

प्रहरीले अलमोदिन मियाँको घरबाट १ किलो ३ सय नब्बे ग्राम गाँजा, ६५० ग्राम कालो चरेश, कुमार सिंह राजवंशीको घरबाट २ किलो ९ सय पाँच ग्राम गाँजा र खेलवतीको घरबाट १ किलो ७ सय पचास ग्राम गाँजा बरामद गरेको हो।

पक्राउ परेका कालु मियाँले अन्य तीन जनासंग लागुऔषध किनेर बिभिन्न स्थानसम्म पुर्‍याई बेच बिखन गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका चारैजनालाई जिल्ला प्रहरी कार्यालय झापाबाट लागु औषध ओसार पसार मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्