अनैतिक सम्वन्ध रहेको आरोप लगाउने प्रक्राउ

<span class='c1'>अनैतिक सम्वन्ध रहेको</span> <span class='c2'>आरोप लगाउने प्रक्राउ</span>

विराटनगर २ भदौ ।
जेठाजु र बुहारीबीच पटक पटक अनैतिक सम्वन्ध रहेको आरोप लगाउँदै जुत्ताको माला र चारापाटा केश मुडेर सामाजिक बहिस्कार गरेको अभियोगमा जिल्लाको अमरपुर ५ बाट ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मनकेशर तामाङ, समर तामाङ, दिलवीर तामाङ, वर्ण तामाङ र नन्दकुमार तामाङ रहेका छन् । उनीहरु विरुद्ध सार्वजनिक मुद्धा दर्ता भएको सूचना अधिकारी रविराज थपलियाले जानकारी दिनुभयो । उनीहरुले सोही ठाउँका दावावीर तामाङलाई बुहारीसँग अनैतिक सम्बन्ध राखेको भन्दै जुत्ताको माला लगाई चारपाटा मुढेर गाउँ निकाला गरेको थिए । यसैगरी, सदरमुकाम फिदिम स्थित मुस्कान चोकमा युवतीमाथि अश्लिल हर्कत गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा विद्यान तामाङ रहेका छन् । प्रहरी निरीक्षक थपलिलाले दिएको जानकारी अनुसार तामाङ विरुद्ध सार्वजनिक मुद्धा दर्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्