बहिरा विद्यार्थीलाई डेक्स बेञ्च अभाव

<span class='c1'>बहिरा विद्यार्थीलाई डेक्स</span> <span class='c2'>बेञ्च अभाव</span>

 

बिर्तामोड । बन्द, हड्तालले आजित बनेपछि सर्वसाधारणको सामाजिक सञ्जाल आक्रोशले भरिएका छन् । बन्दको विरुद्धमा रहेका सर्वसाधारणले विपक्षमा आफ्ना ‘स्टाटस पोष्ट’ गरिरहेका छन् भने बन्द हड्ताल जस्ता कार्यक्रमको अगुवाई गरिरहेकाले बन्दको पक्षमा आफ्ना अभिव्यक्तिहरु सामाजिक सञ्जालमा राखिरहेका छन् ।
संघीयतामा चित्त नबुझेपछि देशभर बन्द, हड्ताल निरन्तर रुपमा चलिरहेको छ । सबैले आआफ्नो स्थानबाट सोही अनुसारको अभिव्यक्तिहरु सामाजिक सञ्जालमा छरिरहेका छन् । तर, झापा कनकाई नगरपालिका–८ लक्ष्मीपुरस्थित हिमाली निमाविका एक शिक्षकले विद्यार्थीलाई डेक्स बेञ्च अभाव भएको भन्दै फोटोसहित आफ्नो फेसबुकमा समस्या राखेका छन् । हिमाली निमाविका विशेष शिक्षक हरि अधिकारीले ससाना बालबालिका भुइँमा बसेर पढ्दै गरेको फोटो राखेर यस्तो लेखेका छन् । ‘सुस्त श्रवण विद्यार्थीका लागि फर्निचर अभाव, डेक्स बेञ्च नभएपछि बैरा विद्यार्थी भुइँमै बसेर पढ्न बाध्य ।’ सो विद्यालयमा सुस्त श्रवण (बहिरा) विद्यार्थीका लागि डेक्स बेञ्च अभाव भएपछि पठनपाठनमा समस्या भएको विद्यालयका प्रधानाध्यापक केशव ओझाले बताएका छन् ।
कक्षा १ मा भर्ना भएका २० जना नयाँ विद्यार्थीका लागि डेक्स बेञ्च अभाव भएको हो । आवासीय रुपमा अध्ययन गरिरहेका विद्यार्थीलाई खानेपानी ट्यांकीको समेत समस्या भएको प्रधानाध्यापक ओझाले जानकारी दिए । कक्षा १ र ४ को दुई वटा कक्षा सञ्चालन भइरहेको सो विद्यालयमा नयाँ भवन बनेपछि ती विद्यार्थीलाई सारिएको छ । ठूलाठूला डेक्स बेञ्चमा बस्न बच्चालाई गाह«ो भएपछि भुइँमै राखेर पढाइरहेका छौं – प्रअ ओझाले भने ।
झापामा हिमाली निमावि, मोहनमाया मावि, कनकाई उच्च मावि सुरुङ्गा, दुर्गा उच्च मावि गरामनीमा विशेष कक्षाको पठनपाठन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्