अवैध सखुवाको चौखटसहित ट्याक्टर पक्राउ

<span class='c1'>अवैध सखुवाको चौखटसहित</span> <span class='c2'>ट्याक्टर पक्राउ</span>

मोरङ, भाद्र ६

मोरङको उर्लाबारीबाट प्रहरीले शनिबार अवैध सखुवाको चौखटसहित एक ट्याक्ररलाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायव निरीक्षक रामबहादुर खड्काको नेतृत्वमा रहेको प्रहरी टोलीले उर्लाबारी नगरपालिका ४ राजमार्गबाट लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा १७.९२ क्युफिट सखुवाको बिभिन्न साइजका चौखटसहित मे. १ त २७९४ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो।

अपरान्ह साढे ३ बजे त्रिपालले ढाला छोपिएको ट्याक्टर सडक किनारमा पार्किङ गरी राखेको देखेपछि प्रहरीलाई शंका लागि त्रिपाल खोली हेर्दा त्रिपाल मुनि लुकाईएको अवस्थामा ९ थान ढोका, ३ थान झ्याल र २ थान भेन्टिलेशनको तयारी चौखट बरामद भएको थियो।

बरामद काठसहित ट्याक्टरलाई आज आवश्यक कारवाहीकालागि सेक्टर वन कार्यालय मंगलबारेमा पठाइएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक श्रीराम भण्डारीले जानकारी दिनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्