लाईसेन्स नभएकालाई सवारी चलाउन दिनेलाई २ वर्ष कैद

<span class='c1'>लाईसेन्स नभएकालाई सवारी चलाउन</span> <span class='c2'>दिनेलाई २ वर्ष कैद</span>

विराटनगर ९ भदौ ।
जिल्ला अदालत इलामले बाँझो–९ का मनिकुमार लिम्बूलाई २ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले लिम्बूलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ (२) बमोजिम कसुर गरेको ठहर गर्दै मङ्गलबार २ वर्ष कैद सजाय सुनाएको अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिनुभयो । यस्तै सवारीधनी सोयाक निवासी सानो लिम्बूलाई सवारी चालक अनुमतिपत्र नभएका व्यक्तिलाई सवारी चलाउन दिएको भन्दै अदालतले दुई महिना कैद सजाय सुनाएको छ । लिम्बूले ट्याक्टर चलाउने क्रममा गत चैत २ गते सोयाकमा एक बालकको ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्