भदौ ९ विराटनगर
सुनसरीको लौकही गाविसमा आमाछोरीले विषादी सेवन गर्दा छोरीको ज्यान गएको छ । लौकही–१ की २५ वर्षीया चन्द्रिकादेवी यादव उनकी छोरी तीन वर्षीया निहाकुमारीले विष सेवन गरेकामा उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र उपचारका क्रममा निहाको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । आमा चन्द्रिकाको सघन उपचार कक्षमा उपचार भइरहेको सुनसरीका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।