लिम्बुवान पार्टीले समानान्तर सरकार चलाउने चेतावनी ,भदौ १४, १५ लिम्बुवान बन्दको घोषणा

<span class='c1'>लिम्बुवान पार्टीले समानान्तर सरकार चलाउने चेतावनी ,भदौ</span> <span class='c2'>१४, १५  लिम्बुवान बन्दको घोषणा</span>

 

धरान–ऐतिहासिकताको आधारमा अरुण–कोशी पुर्वका ९ जिल्लालाई लिम्बुवान राज्य माग गर्दै आइरहेको संघीय लिम्बुवान पार्टीले माग पुरा नभए समानान्तर सरकार चलाउने चेतावनी दिएको छ।

पार्टीको तेस्रो चरणको आन्दोलनको कार्यक्रम बुधबार सार्वजनिक गर्दै लिम्बुवानी नेताहरुले भदौ १५ पछि समानान्तर सरकारको प्रक्रिया शुरु गर्ने घोषणासमेत गरेको छ।नेताहरुले लिम्बुवान जातीय राज्यको माग भने नभएको जिकिर गरे । पार्टीका सर्वोच्च नेता वीर नेम्वाङले राज्यको नाम मात्रै लिम्बुवान भएको दाबी गर्दै भने–'सबैभन्दा पहिला लिम्बुवानको आवाज उठाउने मै हुँ, लिम्बुवान राज्यको मात्रै नाम हो । जातीय राज्यको माग होइन र जातीय अग्राधिकार पनि होइन ।' नेता नेम्बाङले विगत तीन दशकदेखि लिम्बुवान राज्यको माग उठाउदै आइरहेका छन् ।

अढाई सय वर्षअघिको लिम्बुवान समावेशी रहेको उल्लेख गर्दै उनले माग भइरहेको लिम्बुवान राज्य पनि समावेशी हुने बताए । अधिकार माग्दा जात र धर्म नघुसाउन आग्रह गर्दै उनले जुनै जाति र धार्मिक आस्था भएकाले पनि लिम्बुवान राज्यको माग गर्न सक्ने बताए । उनले जातीय नारा नलगाई शान्तिपुर्ण रुपमा मानवअधिकारको रक्षा गर्दै लिम्बुवान आन्दोलन अघि बढ्ने उल्लेख गरे । 'पहिलाको लिम्बुवानमा लिम्बु जातिको मात्रै थिएन, आठपहरिया, याक्खाले किपट भुमि र पद पाएका थिए । भोटे, क्षेत्री, बाहुन, नेवार, राई, तराईका थारु, कोचे, मेचे पनि जिम्दारी र पदवी पाएका थिए । त्यतीबेलाको लिम्बुवान अत्यन्तै समावेशी थियो'–नेता नेम्वाङले भने–'अबको लिम्बुवान पनि यस्तै समावेशी हुनुपर्छ र हुन्छ । लिम्बुले मात्रै लिम्बुवान चाहेको होइन, सबै जातिले चाहेको हो ।'

पार्टीका वरिष्ठ नेता सञ्जुहाङ पालुङ्वाले तेस्रो चरणको आन्दोलनअन्र्तगत भदौ १५ पछि समानान्तरण सरकार घोषणाको प्रक्रिया प्रारम्भ हुने बताए । उनका अनुसार हरेक कोशी अरुण पुर्वका हरेक गाविसमा लिम्बुवान सरकार लेखिएको बोर्ड झुण्ड्याइनेछ । 'विस१८३१ को लालमोहर र २०६४ चैत ६ गतेको सरकार र लिम्बुवान पार्टीबीच भएको ५ बुदे सम्झौताको आधारमा हामी यो काम गर्नेछौं,' उनले भने । कैलाली, टिकापुरको घटना ज्यादै दुःखदायी र निन्दनीय भएको उल्लेख गर्दै नेता पालुङ्वाले यसको जिम्मेवारी कांग्रेस नेता शेरवहादुर देउवा र कांग्रेस, एमाले, एमाओवादीले लिनुपर्ने बताए । नाबलकसमेतको हत्या भएको घटनाले गृहमन्त्री र प्रधानमन्त्रीलेसमेत कुर्सी छोड्नुपर्ने उनले बताए ।

'प्रधानमन्त्री भइसकेका देउवाले थारुहरुलाई २ इञ्च पनि माटो पाउदैन भनेपछि आक्रोशको ज्वाला नबली के बल्छ ? थरुहट माग गरिरहेको भूमिलाई आ आफ्नो स्वार्थको लागि ३ भागमा बाडिदिए । हामीले नचाहदा नचाहदै पनि मुलुक गृहयुद्धतर्फ धकेलिइरहेको आभाष भइरहेको छ',पालुङ्वाले भने–'अझै पनि समय छ, नेताहरु फर्क । हामीले अन्तरिम संविधानलाई स्वीकार गर्यौं,तर त्यसलाई फालेर अर्कै किसिमको संविधान ल्याइन्छ भने कदापि स्वीकार गरिदैन ।'

निर्णायक आन्दोलन थालेको पार्टीले यही भदौ १२ गते इटहरीमा विशाल जनसभा गर्ने जनाएको छ भने १३ गते लिम्बुवानव्यापी राँके जुलुश र भदौ १४, १५ गते दुई दिने लिम्बुवान बन्दको कार्यक्रम घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्