काठ तस्करी गर्ने प्रक्राउ

<span class='c1'>काठ तस्करी</span> <span class='c2'>गर्ने प्रक्राउ</span>

विराटनगर १० भदौ । मोरङमा काठ तस्करी हुने क्रम बढ्दै गएपछि जिल्ला वन कार्यालय मोरङले उच्च सजगता अपनाएको छ । बन्दको मौका छोपी बन्दकै क्रममा मोरङको बेलबारीमा रहेको देवीथान सामुदायिक वन क्षेत्रबाट बुधबार राति काठ तस्करी गरिरहेको अवस्थामा तीनवटा साइकल र तीन थान सखुवाको लकडीसहित एकजना पक्राउ परेका छन् भने तस्करीमा संलग्न सातजना फरार भएका छन् । वन समूहका पदाधिकारीसहितको टोलीले वन अनुगमन र गस्ती गर्ने क्रममा बेलबारी नगरपालिका–६ का धनराज चौधरीलाई पक्राउ गरेको र अन्य सातजना भाग्न सफल भएको सो समूहका अध्यक्ष नारायण सुनुवारले बताउनुभयो । तस्करीमा संलग्नले यसअघि दुईपटक गरेर २५ क्युबिक फिट जति काठ लगिसकेको र लैजाने तयारीमा रहेको अन्दाजी ५० क्युबिक फिट काठ नियन्त्रणमा लिएको जानकारी अध्यक्ष सुनुवारले दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्