सुनसरी, भाद्र ११ गते।
सुनसरीको ईटहरीस्थित एक होटलबाट प्रहरीले यौनजन्य क्रियाकलापमा संलग्न होटल संचालिकाहसहित दुई जोडीलाई नियन्त्रणमा लिई सार्वजनिक मुद्दा चलाएको छ।
यौनजन्य क्रियाकलापमा संलग्न ईटहरी नगरपालिका ५ स्थित सपना होटलकि संचालिका सपना श्रेष्ठसहित चार जनालाई इलाका प्रहरी कार्यालय ईटहरीले सार्वजनिक ऐेन अन्तरगत मुद्दा दर्ता गरी कारवाही शुरु गरेको हो।
इलाका प्रहरी कार्यालय इटहरीले विशेष सुराकीको आधारमा गत ६ गते आइतबार उक्त होटलहरुमा छापा मार्ने क्रममा दुई महिला तथा दुई पुरुषलाई आपतीजनक अवस्थामा फेला पारेको थियो।
ईटहरीका केही होटलहरुमा यौनजन्य क्रियाकलाप हुने गरेको स्थानीयबाट गुनासो आउन थालेपछि प्रहरीले त्यस्ता होटलहरुमा निग्रानी तथा चेकजाँच गर्न थालेको हो।