पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस आन्दोलनको अखडा

<span class='c1'>पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस</span> <span class='c2'>आन्दोलनको अखडा</span>

धरान, ११ भदौ ।

पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस पछिल्लो समय आन्दोलनको अखडा बन्दै गएको छ । साउन ३० गते सिभिल इन्जिनियर तेस्रो वर्षका विद्यार्थीहरुले परीक्षाको नतिजा प्रकाशन नभएको भन्दै तालाबन्दी गरेको १० दिन नबित्दै पुनः  इलेक्ट्रोनिक्स एण्ड कम्प्युटर विभागका तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले शुक्रबार क्याम्पस प्रशासनको कार्यालय तोडफोड गर्नुका साथै प्रमुख कक्षका दुई कुर्सी र एउटा सूचना बोर्ड बाहिर निकालेर जलाउँदै नाराबाजी गरेका छन् । दक्ष शिक्षकको अभावमा कक्षा सञ्चालन हुने, लाइब्रेरीमा पुस्तकको अभावमा विद्यार्थीहरुले विना अध्ययन परीक्षा दिनुपर्ने र प्राक्टिकल कक्षा प्राय नहुने भएकोले आन्दोलित हुनुपरेको विद्यार्थी किशोर लिम्बूले बताउनुभयो । यता क्याम्पसका शैक्षिक विभाग प्रमुख रोहित दंगालले सानोसानो कुरामा विद्यार्थीहरुले आन्दोलन गर्ने परम्परा नै बसिसकेको बताउनुभयो । उहाँले सही काम गर्नेलाई पुरस्कार र गलत काम गर्नेलाई कारबाही गर्ने प्रक्रियालाई क्याम्पस प्रशासनले कडा कदम नचालेसम्म विद्यार्थीहरुले गरेको आन्दोलन कहिल्यै नटुंगिने बताउनुभयो । असोज ४ गतेदेखि तेस्रो वर्षका विद्यार्थीहरुको परीक्षा सुरु हुने भएको छ । तर पुस्तकको अभावले परीक्षाको तयारी गर्न नसकेको विद्यार्थीहरुको आरोप छ । विद्यार्थीहरुको पटक पटकको आन्दोलनले कार्यरत शिक्षक, कर्मचारीहरुले हैरानी व्यहोर्नुपरेको भन्दै क्याम्पस प्रशासनतर्फबाट एक साता कक्षा सञ्चालन नगर्ने बताएको छ ।

 

Makalu

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्