मोरङ, भाद्र १२
सिरहा जिल्लाको मिर्चैयामा शुक्रबार सांझ करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
मिर्चैया नगरपालिका ५ स्थित बिश्वनाथ साहको हार्डवेयर पसल अगाडी रहेको कलमा पानी पिउनेक्रममा करेन्ट लाग्दा सिरहा गोलबजार नगरपालिका १ का १७ वर्षिय सुमन साहको मृत्यु भएको हो।
सांझ ८ बजे पानी पिउन भनि कल पेल्ने खोज्दा साहलाई करेन्ट लागेको थियो। गम्भिर घाइते भएका उनलाई उपचारकालागि विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लैजानेक्रममा मृत्यु भएको हो।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट अनुसन्धान भइरहेको छ।