‘लिम्बुवान राज्य घोषणा नगरे टिकापुर घटना दोहोरिन्छ’ – वरुण लाबुङ

‘लिम्बुवान राज्य घोषणा नगरे  टिकापुर घटना दोहोरिन्छ’ – वरुण लाबुङ

उर्लावारी । अरुण पूर्वका ९ जिल्ला लिम्बूवान घोषणा नगरिए टिकापुर घटना उर्लावारीमा दोहोरिन सक्ने संघीय लिम्बूवान पार्टी नेपालका उर्लावारी नगर अध्यक्ष वरुण लाबुङले चेतावनी दिनु भएको छ ।
आईतबार मोरङको उर्लावारीमा आयोजित राँके जुलुसको कोणसभालाई सम्बोधन गर्दै उहाँले सो चेतावनी दिनु भएको हो । लिम्बूवान राज्य सरकारले घोषणा नगरे कर्णाली घटना उर्लावारीमा दोहोनी भन्दै उहाँले राज्यले आफूहरुको मागलाई बेवास्था गरेको आरोप लगाउनु भयो । आफुहरुको माग बारेमा राज्यले बेवास्था गरेको कारण सोमबार र मङ्गलबार नेपाल बन्दको घोषणा गरेको उहाँले जनाउनुभयो । कोणसभामा लिम्बुवान केन्द्रीय सदस्य सूर्य माझी, किरात याक्थुङ चुम्लुङका मोरङ अध्यक्ष सूर्यमान सेरेङलगायतले बोल्नु भएको थियो । पार्टीले आईतबार साँझ राँके जुलुससहित कोणसभा गरेको हो । राँके जुलुसमा बालिएको टायरको कारण स्थानीयबासीहरु प्रभावित बनेका थिए । सडकमा राँके जुलुससहितको टायर बाल्ने गरिएकाले समस्या सिर्जना हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्