लिम्बुवानले पनि थाल्यो आन्दोलन

लिम्बुवानले पनि थाल्यो आन्दोलन

विराटनगर १४ भदौ । अरुणपारीका नौ वटा जिल्लालाई लिम्बूवान प्रदेश घोषणा गर्नु पर्ने मागसहित संघीय लिम्बूवान पार्टीले आज पूर्वका नौ वटा जिल्लामा बन्द आह्वान गरेको छ । बन्दका कारण बिहानैदेखि छोटो तथा लामो दुरीका सवारी साधन चलेका छैनन् । बिभिन्न जिल्लाका सदरमुकाम तथा मुख्य बजारहरुमा बन्दकर्ताहरु बसेर यातायात सञ्चालनमा अवरोध गरेका छन् । बन्दका कारण कलकारखाना ,शैक्षिक संस्था बन्द छन् । प्रहरीले अहिलेसम्म कुनै अप्रिय घटना नभएको बताएको छ । तथापि बिगतमा भन्दा सुरक्षा ब्यबश्था कडा पारिएको प्रहरीले जनाएको छ । वन्दका कारण सवारी चलेका छैनन् । सदरमुकाम म्याङलुङ वजार वन्द छ । पुर्वी तराई तर्फ जाने तयारीमा रहेका सवारी म्याङलुङ, जिरीखिम्ती र वसन्तपुरमा रोकिएका छन् । जिल्लाका सवै बजार क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्