बन्दको अवज्ञा गरेको भन्दै सप्तरीमा माइक्रोबसमा आगजनी

<span class='c1'>बन्दको अवज्ञा गरेको भन्दै</span> <span class='c2'>सप्तरीमा  माइक्रोबसमा आगजनी</span>

चन्दन रौनियार

बिराटनगर भदौ १४ ,

सीमाङ्कनको विरोधमा उत्रिएका मधेसी मोर्चाको अनिश्चितकालीन बन्दको क्रममा बन्दको अवज्ञा गरेको भन्दै आन्दकोलनकारीले आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनीमा एउटा माइक्रोबसमा आगजनी गरेका छन् । पश्चिमबाट पूर्व जाँदै गरेको बा२ज ६२३९ नम्बरको माइक्रोबसमा यात्रुलाई गाडीबाट उतारेर आगजनी गरेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । आगजनीबाट माइक्रोबस पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । अहिले रुपनीको अवस्था तनावग्रस्त रहेको बताइएको छ । मधेसी मोर्चाले सप्तरीमा विगत १७ दिनदेखि बन्द जारी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्