उर्लाबारी चोकमा बन्यो राउण्ड अबाउट

<span class='c1'>उर्लाबारी चोकमा बन्यो</span> <span class='c2'>राउण्ड अबाउट</span>

 

तस्बिर तेजन

उर्लावारी १५  भदौ, मोेरङको उर्लाबारीको मुख्य चौकमा राउण्ड अबाउट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आइतबार राउण्ड अबाउडको बीच भागमा शान्तिको प्रतीक परेवाको आकृति राखेसँगै निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । करिब २० लाखको लागतमा सम्पन्न गर्ने लक्ष्य राखिएको र राउण्ड अबाउटको ९५ प्रतिशत काम सम्पन्न भईसकेको उर्लाबारी पूर्वाधार निर्माण समितिका अध्यक्ष भोलामान श्रेष्ठले बताउनु भयो ।

बत्ति, रंगरोगनलगायत केही काम बाँकी रहेको र केही दिनभित्रै सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । राउण्ड अबाउटले उर्लाबारी चौकलाई सुन्दर बनाएको उर्लाबारी नगरविकास समितिका अध्यक्ष केशव कार्कीले बताउनु भयो । उर्लाबारी नगरपालिकाले राउण्ड अबाउट निर्माणको लागि भौतिक पूर्वाधार निर्माण समितिलाई निर्माण गर्ने जिम्मा दिएको थियो । राउण्ड अबाउट निर्माण गरिनाले चौकको शोभासँगै नगरको पहिचान प्रवद्र्धन भएको उर्लाबारी नगरपालिकाका कार्यकारी अधिकृत सुवास श्रेष्ठको भनाई छ । राउण्ड अबाउट परिसरदेखि चारै दिशाको २५ मिटर सडक खण्डमा कालपत्रे गर्ने विषयमा पनि छलफल भइरहेको कार्यकारी अधिकृत श्रेष्ठले बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्