मोरङ, भाद्र १५
मोरङ जिल्लाको कटहरी गाविसस्थित निर्माणाधीन भवनमा एक बालक मृत अवस्थामा भेटिएका छन्।
कटहरी ६ बस्ने प्रमोद सहनीको ८ वर्षिय छोरा फदन सहनी सोही गाविसस्थित ओम शान्तिको नव निर्माणाधीन भवनमा मृत अवस्थामा भेटिएका छन। सहनी आईतबार दिउँसोदेखि हराई रहेका थिए। उनलाई खोजी गर्दै सोमबार बिहान ९ बजे उनको शव फेला परेको हो।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट आवश्यक अनुसन्धान भइरहेको छ।