चमात्कारीक सर्प निस्किएको भन्दै हेर्नेको भीड

<span class='c1'>चमात्कारीक सर्प निस्किएको</span> <span class='c2'>भन्दै हेर्नेको भीड</span>

 

मोरङको इटहरा—२ कटुवाबाँधमा अवस्थित गोपेश्वर शिवालय मन्दिर परिसरमा एउटा सर्पले अनौठो ब्यवहार देखाएपछि हेर्ने र पुजा गर्ने मानिसको भिड लाग्न थालेको छ ।
मन्दिर परिसरमा गत साता देखिएको सर्पले मानिसलाई नटोक्ने र हातमा र मानिसको गलामा सजिलै माला लाग्ने लगायतको ब्यवहार देखाउन थालेपछि स्थानीयहरुले नागदेवताको रुपमा पूजा गर्न थालेको स्थानीय एक्ले श्रेष्ठले जनाएका छन्् । श्रेष्ठका अनुसार आफूले सो नागलाई घाँटीमा माला लगाई घरमा लगी पुजा गरेर पुन मन्दिर परिसरमा ल्याएको बताएका छन् ।

स्थानीयका अनुसार दर्शन दिनुहोस् प्रभु भनी ढोगेपछि नागले आफ्नो टाउको उठाएर दर्शन दिएको र हिंडेर देखाई दिनुहोस् भनी अर्चना गरेपछि मन्दिर बरिपरि घुमेर पुनः मन्दिर परिसरमा रहेको पोखरी नजिक आएर बसेकोले उपस्थित स्थानीयहरु अचम्ममा परेको इटहरा सोमबारेका खगोल न्यौपानेले बताए ।
यही भदौ २ गतेदेखि मन्दिरमा देखिएको सो सर्पको अनौठो ब्यवहारका कारण दैनिक सयौंको संख्यामा मानिसहरु उपस्थित भई पुजा गरिरहेको मन्दिरका पुजारी रामप्रसाद भट्टराईले जनाएका छन् । २०४७ सालमा स्थापना भएको सो मन्दिर परिसरमा बर्षमा २ तीन पटक सर्पहरु देखापर्ने गरेपनि यस पटकको सर्पको ब्यवहारले भने अचम्ममा पारेको र यो साधारण सर्प नभएर साक्षात नाग देवताको दर्शन दिएको पुजारी भट्टराईले दावी गरेका छन् ।
सर्पचोरी होला भन्ने डरले राति पनि स्थानीयले सर्पको रेखदेख गर्ने गरेका छन् ।

-Urlabaripage

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्