थरु महिलाहरुको थाल जुलुस प्रदर्शन

<span class='c1'>थरु महिलाहरुको थाल</span> <span class='c2'>जुलुस प्रदर्शन</span>

 कैलाश पास्वान

१७ भदौ सिरहा

थरुहट आन्दोलनको मर्मलाई राज्यले कुनै सुनुवाई नगरेको भन्दै कैलालीको हसुलिया क्षेत्रका स्थानीय महिलाहरुले बुधबार थाल जुलुस प्रदर्शन गरेका छन्। साउन २१ गतेदेखि जारी थरुहट/थारुवान आन्दोलनलाई सम्बोधन गर्नुको साटो राज्यले दबाउँदै लगेको भन्दै उनीहरुले थाल बजाउँदै प्रदर्शन गरेका हुन्। जिल्लाको रतनपुर, पवेरा, हसुलिया, बसौटी, उदासीपुर, गदरियालगायत क्षेत्रका करिब हजारौंका संख्यामा रहेका महिलाहरुले प्रदर्शनसहित हसुलियास्थित सशस्त्र प्रहरी वेश क्याम्पमा धर्ना दिएका छन्। ‘बहिरो सरकार हाम्रो माग पुरा गर, प्रहरी दमन बन्द गर, सेना परिचालन फिर्ता गर, थरुहट/थारुवान छोड्दैनौ, अखण्ड सुदूर पश्चिम मान्दैनौ’ लगायत नारा लगाउँदै उनीहरुले प्रर्दशन गरेका छन्। थरुहट/थारुवान संयुक्त संघर्ष समिति र रानाथारू संयुक्त संघर्ष समिति कैलाली आफ्नो थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्दै महिला जुलुश पदर्शन गर्ने कार्यक्रम तय गरेको हो। संघर्ष समितिहरुले कैलाली–कञ्चनपुरसहित थारू बाहुल्य जिल्ला मिलाएर एक प्रदेश हुनु पर्ने भन्दै आफ्नो आन्दोलनको कार्यक्रम जारी राखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्