मधेश संघर्ष समिति सिरहाले गधा जुलुस प्रदर्शन

मधेश संघर्ष समिति सिरहाले गधा जुलुस प्रदर्शन

कैलाश पास्वान

सिरहा

सर्वपक्षिय मधेश संघर्ष समिति सिरहाले गोलबजारमा गधा जुलुस प्रदर्शन गरेको छ । प्रधानमन्त्री सुशील कोइरालासहित चारदलका प्रमुख नेता तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको प्रतिक स्वरुप गधाको जुलुस प्रदर्शन गरेको हो । आन्दोलनकारीहरुले समग्र मधेश एक प्रदेशको माग सहित सरकार विरोधी विभिन्न नरावाजी गरेका थिए । उनीहरुले गधासहित बजार परिक्रमा गरेका थिए । जुलुसमा स्थानीय वुद्धिजीवि, व्यवसायी, शिक्षक, विभिन्न दलका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको आन्दोलमा सहभागी स्थानीय संचारकर्मी मुकेश यादवले जानकारी दिए । उनका अनुसार करिव पाँच सयको संख्यामा आन्दोलनकारीहरुको सहभागी रहेको थियो । त्यसैगरी सिरकाको लहानमा आज पूर्व मन्त्रिसहित आन्दोलनकारीले लाठी जुलुस प्रदर्शन गरेको छ । लाठि जुलुसमा पूर्व विनाविभागीय मन्त्री राजलाल यादव सहित सहभागी रहेको थियो । आन्दोलनकारीहरुले सिरहा सदरमुकाम सिरहा, मिर्चैया, चोहर्वा लागाएतका सथानमा प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले ठाउँ ठाउँमा रुख ढालेर बाटो अवरुद्ध पारेपछि एम्वुलेन्स जस्ता अति आवशयक सवारीसाधान चलाउन समेत समस्या हुन थालेको छ । १९ दिन सम्मको लागातारको बन्दका कारण सिरहा लगाएत तराइको जनजीवन प्रभावित भएको छ । लागातारको बन्दले मानिसलाई खाद्यान्न लागाएतका अति आशयक सामाग्रीहरु पाउन छाडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्