चोरी नियन्त्रण गर्न स्थानीयवासीले रात्रि गस्ती सुरु गरे

<span class='c1'>चोरी नियन्त्रण गर्न स्थानीयवासीले</span> <span class='c2'>रात्रि गस्ती सुरु गरे</span>

 

उर्लाबारी

एक हप्तामा तीनवटा चोरी घटना घटेपछि मोरङको उर्लाबारी—१ आइतबारेका स्थानीयवासीले रात्रि गस्ती सुरु गरेका छन् । राति ९ देखि १२ बजेसम्म रात्रि गस्ती गर्न थालिएको तीन दिन भएको छ । सृजनशील एकता युवा क्लबको अगुवाइमा भएको गस्तीमा युवायुवती तथा ज्येष्ठ नागरिकको उल्लेख सहभागिता रहने गरेको छ । गस्तीमा सशस्त्र प्रहरी बेस क्याम्प र इप्रका उर्लाबारीको हातेमालो रहेको इप्रका उर्लावारीका प्रहरी निरीक्षक श्रीराम भण्डारीले जानकारी दिनुभयो ।

एक हप्तामा मोटरसाइकल, गरगहना, नगद चोरी हुन थालेपछि गस्ती सुरु गरिएको क्लबका उपाध्यक्ष विनोद दाहालले बताउनुभयो ।

Urlabari Page

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्