दलित विद्यार्थीका लागि कम्प्यूटर अपरेटर तालिम सम्पन्न

<span class='c1'>दलित विद्यार्थीका लागि कम्प्यूटर</span> <span class='c2'>अपरेटर तालिम सम्पन्न</span>

उर्लाबारीः दलित विद्यार्थीहरुका लागि उर्लाबारीमा सञ्चालित ३ महिने निःशुल्क कम्प्यूटर अपरेटर तालिम विहीबार सम्पन्न भएको छ ।
तालिममा उर्लाबारीका ९ वटै वडाका ६ जना छात्रा र ३ जना छात्र गरी ९ जनाले तालिम लिएका थिए । उर्लाबारी नगरपालिकाको सहयोगमा निःशुल्क तालिम सञ्चालन गरिएको दलित समन्वय समिति उर्लाबारीका अध्यक्ष यमलाल रसाइलीले बताउनुभयो ।
दलित समन्वय समिति उर्लाबारीले दलित विद्यार्थीहरुका लागि विभिन्न कार्यक्रम ल्याउने अध्यक्ष रसाइलीले बताउनुभयो ।
उर्लाबारी–२ स्थित एभरेष्ट मल्टि टेक्निकल कलेजमा सीटिइभिटीको लेभल २ स्तरको सो तालिम प्रदान गरिएको हो । यो तालिम लिएपछि विद्यार्थीहरु लोकसेवा आयोगको कम्प्यूटर अपरेटरमा भिड्ने योग्यता प्राप्त गरेको कलेजका प्रिन्सिपल सुवन ढकालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्