पत्रकार आक्रमणकारीलाई छुटाउन लिम्बूवानले गरेको बन्दको प्रभाव समान्य

<span class='c1'>पत्रकार आक्रमणकारीलाई छुटाउन लिम्बूवानले</span> <span class='c2'>गरेको बन्दको प्रभाव समान्य</span>

 

उर्लाबारी, १८ भदौ । झापाका पत्रकार कृष्ण हुमागाईमाथिको आक्रमणमा संलग्न व्याक्तिलाई छाड्न माग गर्दै सङ्घीय लिम्बूवान पार्टी नेपालले गरेको बन्दको सामान्य प्रभाव परेको छ ।

पत्रकार हुमागाईंलाई मंगलवार बिर्तामोडमा आक्रमणमा संलग्न पार्टीका कार्यकर्ता मिलन वेघा, भीम राई, निशा चापागाईं, प्रवीण लिम्बू र बलबहादुर मगरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक अपराधमा मद्धा चलाएको छ । घाइते हुमागाईको बिर्तामोड स्थित बि एण्ड सीहस्पिटलमा उपचार भइरहेको छ । ।

उनीहरुको पत्रकार हुमागाईलाई आक्रमण गर्ने कार्यकर्तालाई बिना शर्त रिहाइको माग गर्दै बन्द आह्वान गरेका हुन् ।
बन्दले मेचीका पहाडी क्षेत्रमा सामान्य प्रभाव परेको छ । ताप्लेजुङमा बजार र शैषिक संस्था खुल्लै भएको पत्रकार प्रयास लिम्बूले बताए । बिर्तामोड तर्फ आउने गाडी चलेका छैनन् । पाँचथरमा बजार बन्द छ । इलाममा बन्दको प्रभाव छैन । बजार खुल्ला छ । झापा आउने सवारी पातलो संचालन भएको पत्रकार लक्ष्मी मिश्रले बताए ।
झापामा बन्दको प्रभाव छैन । बिहान केही पातलो गाडी चलेपनि ९ बजे पछि पर्याप्त सवारी चलेका छन् । पहाडी क्षेत्रका केही गाडी पातलो चलेका छन् ।
धनकुटा, भोजपुर, सङ्खुवासभा लगायत जिल्लामा समान्य प्रभाव छ । मोरङ र सुनसरीमा बन्दको प्रभाव थिएन । मध्याह देखि आदिवासी जनजाति महासंघले आकाजी शेर्पालाई छाड्न माग गर्दै मध्यान्हदेखि धरान बज्द गराएको पत्रकार केशव घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्