उर्लाबारी उद्योग वाणिज्य संघमा भरत विजयी

उर्लाबारी उद्योग वाणिज्य संघमा भरत विजयी

उर्लाबारी, २१ भदौ
उर्लाबारी उद्योग वाणिज्य संघको २७ औं चुनावी साधरणसभामा आइतबार भएको निर्वाचनमा चन्द्रबहादुर भट्टराई (भरत) अध्यक्षमा निर्वाचित भएका छन् ।
उनले ४ सय ६८ मत ल्याई ३ सय ७३ मत ल्याउने प्रितम खड्गी र १ सय ७५ मत ल्याउने धर्मराज शाक्यलाई पछि पार्दै आफ्नो जीत हात पारेका हुन् ।
त्यस्तै बरिष्ठ उपाध्यक्षमा तारामान सिरेङ (लिम्बु) ५ सय २२ मत ल्याई बिजयी भएका छन् । भने, उनका प्रतिद्वन्द्वी भूपाल रायामाझीले ४ सय ६७ मत ल्याएका छन् । त्यस्तै उद्योग उपाध्यक्ष पदमा यामलाल रसाइलीले ५ सय १६ मत ल्याई ४ सय ४१ मत ल्याउने रामवाबु चौधरी पछि पारे ।

त्यस्तै बाणिज्य उपाध्यक्षमा सचिन शाक्य ६ सय ४६ मत ल्याई निर्वाचित भए । ३ सय ३९ मत ल्याउने केदार रिजाललाई शाक्यले पछि पारेका हुन् ।
त्यस्तै महासचिबमा प्रदिप गौतम(मिलन)ले ५ सय ५० मत ल्याँउदै विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी कृष्ण बर्देवा ४ सय २० मत ल्याएका छन् । त्यस्तै उद्योग सचिबमा दिलकुमार श्रेष्ठ(दिलु)ले ५ सय ४९ मत ल्याँउदै बिजयी भएका छन् । उनका प्रतिद्वन्द्वी शेखरनाथ दाहालले ४ सय २३ मत ल्याएका छन् । त्यस्तै बाणिज्य सचिबमा मीरा भट्टराई ४ सय ९८ .मत ल्याई विजयी भएकी छिन् । भट्टराईको प्रतिद्वन्द्वी केशब सुवेदीले ४ सय ९२ मत ल्याएका छन् । यता कोषाध्यक्षमा इन्द्रबहादुर भट्टराईले ५सय २३ मत ल्याई विजयी भएका छन् भने उनका प्रतिद्वन्द्धी विशाल वाहेतीले ४ सय ५२ मत प्राप्त गरे ।
यसैगरी सदस्य पदमा संगीता अधिकारी (पाण्डे) ६ सय ६ , राम थापा ५ सय २७ , विष्णु गुरागाई ५ सय १८ ,बद्रि खरेल ४ सय ९२ र सुनिल बोहोराले ४ सय ६० मत प्राप्त गरी बिजयी भएका छन् । सदस्य पदका उम्मेद्ववार मनोज श्रेष्ठ ४ सय ५६, ज्ञानु शाक्य ४ सय ५, युगल राई ३ सय ५७, भगल्टु साह ३ सय ३७ र चेतराज सिंह श्रेष्ठ २ सय ७४ मत ल्याई पछि परे ।

त्यस्तै लेखा समिति संयोजकमा पवन अग्रवालले ४ सय १७ मत ल्याएर विजयी भएका छन् ।उनका प्रतिद्वन्द्वी अम्बरबहादुर धिमालले ३ सय २० मत प्राप्त गरे । त्यसैगरी लेखा सदस्यमा लक्ष्मीप्रसाद दाहाल र दिनेश यसअघि नै सर्वसम्मत चयन भईसकेको प्रमुख निर्वाचन आयुक्त तेजकुमार रिजालले जानकारी दिएका छन् ।

नेपाली कांग्रेस समर्थक ब्यापारीहरुको तर्फबाट प्रितम खड्गीको अध्यक्षतामा १३ जनाको प्यानल खडा गरेको छ भने एमाले समर्थक ब्यापारीको तर्फबाट मुख्य पाँच पदसहित आठ जनालाई मात्र उम्मेद्वार उठाएको छ भने अन्य पार्टी समर्थक ब्यापारीहरु स्वतन्त्र रुपमा उठेका छन् ।
संघमा १ हजार २ सय १२ जना मतदाता रहेको भएता पनि १ हजार ६८ मत खसेको थियो । संघको निर्वाचन अत्यन्तै सम्यमताका साथ सम्पन्न भएको निर्वाचन प्रमुख रिजालले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्