इनरुवामा प्रदर्शनकारीसँग भिडे ब्यापारी

इनरुवामा प्रदर्शनकारीसँग भिडे ब्यापारी

इनरुवा, २१ भदौ । सुनसरी सदरमुकाम इनरुवामा रहेको गुद्रीबजारमा सोमबार साँझ बन्दकर्ता र व्यापारीबीच झडप भएको छ । बजार–पसल बन्द गराउँदै हिंडेका बन्दकर्ताले व्यापारीमाथि हातपात गरेपछि झडप भएको हो । छिटफुटरुपमा खुलेका पसल बन्द गराउँदै हिंडेका केही बन्दकर्ताहरुले गुद्रीबजारमा पसल बन्द गराउन खोजेपछि दुवै पक्षबीच कुटाकुट भएको थियो । यसअघि दिउँसो भने गुद्रीमा पसल बन्द गराउन पुगेका प्रदर्शनकारीलाई व्यापारीले लखेटेका थिए । साँझ ठूलो संख्यामा भेला भएर पुगेको बन्दकर्ताको समूहले गुद्रीका व्यापारीहरुले बेच्न राखेको  सब्जी फाल्नुका साथै पसलमा तोडफोडको प्रयास गरेपछि दुई पक्षबीच कुटाकुटको अवस्था सिर्जना भएको थियो । बाँसको भाटासहित पुगेका बन्दकर्ताहरुको कुटाइबाट स्थानीय ६ जना व्यापारी घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ । उनीहरुको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । व्यापारी र बन्दकर्ताबीच दोहोरा कुटाकुट चलिरहँदा पुगेको प्रहरीले स्थिति नियन्त्रणमा लिएको थियो । प्रहरीले बन्दकर्तालाई नियन्त्रणमा लिन सामान्य लाठीचार्जसमेत गरेको थियो । घटनामा संलग्न भएको भन्दै प्रहरीले केही बन्दकर्तालाई पक्राउ गरेको छ ।

-makalu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्