बसको ठक्करबाट स्कुटरमा सवार एकको मृत्यु अन्य दुई घाइते

<span class='c1'>बसको ठक्करबाट स्कुटरमा सवार एकको</span> <span class='c2'>मृत्यु अन्य दुई घाइते</span>

मोरङ, भाद्र २१

मोरङ जिल्लाको केरौनमा बसको ठक्करबाट आइतबार सांझ स्कुटर चालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

पूर्वबाट पश्चिमतर्फ जादै गरेको को. १ ख ४३१४ नम्बरको यात्रुवाहक बसले बिपरित दिशाबाट आउदै गरेको मे. ६ प ६९२६ नम्वरको स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक सुनसरी धरान नगरपालिका १० बस्ने २६ वर्षिय बिकास ताम्राकारको मृत्यु भएको छ। बसको ठक्करबाट सोही स्कुटरमा सवार ताम्राकारकी २५ वर्षिया पत्नी अन्जना ताम्राकार र १७ वर्षिया बहिनी साइना ताम्राकार गम्भिर घाइते भएकी छिन्।

घाइते दुबैजनालाई उपचारकालागि बिराटनगर ल्याइएको छ भने बस र चालक इलाका प्रहरी कार्यालय पथरीको नियन्त्रणमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्