लिम्बुवान क्षेत्र दुई दिनका लागी बन्द:जनजिवन प्रभावित

<span class='c1'>लिम्बुवान क्षेत्र दुई दिनका</span> <span class='c2'>लागी बन्द:जनजिवन प्रभावित</span>

विराटनगर २४ भदौ । अरुणपूर्वका भूभागलाई लिम्बुवान घोषणा गर्नु पर्ने माग राख्दै आन्दोलनमा रहेको लिम्बुवान संयुक्त सङ्घर्ष समितिले आवाहान गरेको बन्दका कारण पुर्वको जनजिवन आज बिहानै देखि प्रभावित बनेको छ । पहिचान सहितको सङ्घीयता, सङ्घीयतासहितको संविधान र संविधानमा लिम्बुवान’ माग गर्दै संघीय लिम्बुवान पार्टी नेपालसहित विभिन्न आठ राजनितिक दल तथा संगठन आबद्ध लिम्बुवान संयुक्त सङ्घर्ष समितिले आज र भोली दुई दिन पुर्वका नौ जिल्लामा बन्द आह्वान गरेको छ । समितिले ऐतिहासिक पृष्ठभूमि र पहिचानको आधार अरुणपूर्वको भूभागलाई लिम्बुवान घोषणा गरिनु पर्ने माग गरेको छ । बन्दको कारण ताप्लेजुङसहित पाँचथर, ईलाम, झापा, मोरङ, सुनसरी, संखुवासभा, धनकुटा र तेह्रथुमको जनजिवन बिहानैदेखि प्रभावित बनेको छ । यी जिल्लामा बिहानै देखि लामो तथा छोटो दुरीका सवारीसाधन चल्न सकेका छैनन् भने उद्योगधन्दा, कलकारखाना तथा शैशिक संस्था समेत बन्द रहेका छन् । सङ्घर्ष समितिले लिम्बुवान क्षेत्रमा थातथलो खुलेका समुदायहरुको विशेष स्वयत्त क्षेत्र वा संरक्षित क्षेत्र साथै गैरभौगोलिक क्षेत्रहरुको सुनिश्चितता हुनुपर्ने माग राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्