ट्रक र मारुती भ्यानमा आगजनी : हेर्दा हेर्दै खरानीमा पणिरत

<span class='c1'>ट्रक र मारुती भ्यानमा आगजनी</span> <span class='c2'>: हेर्दा हेर्दै खरानीमा पणिरत</span>

विराटनगर २४ भदौ । सुनसरी जिल्लाको दुहबीमा आज बिहान बन्दकर्ताहरुले दुई वटा सवारी साधनमा क्षती पुर्‍याएका छन् । बन्दकर्ताहरुले दुहवी–भलुवा नगरपालिका ७ स्थित कोशी राजमार्गमा को. १ च २६९८ नम्बरको मारुती भ्यानमा आगजनी तथा सोही नगरपालिका ४ मा बा. ९ च ५५१८ नम्बरको मारुतीको शिशा तोडफोड गरेका छन् । बिहान करिब ४ बजे को. १ च २६९८ नम्बरको मारुती भ्यानलाई बन्दकर्ताहरुको एक समुहले रोकी आगो लगाई फरार भएका थिए । आगजनीबाट गाडी पूर्ण रुपमा जलेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी परिचालन भई आगो नियन्त्रण गरिएको थियो । यसैविच । आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै आज सिरहाको लाहानमा एउटा ट्रकमा आगजनी गरेका छन् । मोर्चाका कार्यकर्ताले ना४ख ४१९४ नम्बरको ट्रकमा आगजनी गरेका हुन् । उता, मोर्चाका कार्यकर्ताले रुपन्देहीको मनैयास्थित अर्घाखाँची सिमेन्ट उद्योगमा समेत तोडफोड गरेका छन् । तोडफोडबाट उद्योगको गार्डरुममा सामान्य क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्