सुनसरीको इनरुवालाई दंगाग्रस्त क्षेत्र घोषणा

<span class='c1'>सुनसरीको इनरुवालाई दंगाग्रस्त</span> <span class='c2'>क्षेत्र घोषणा</span>

विराटनगर २५ भदौ ।
आन्दोलनको क्रममा हिंसात्मक गतिविधि सुरु हुन थालेपछि सुनसरीको इनरुवालाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ । आज बिहानैबाट नेपाली सेना परिचालनसमेत गरिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थका अनुसार बिहीबार राति बसेको सुरक्षा समितिको बैठकले सदरमुकाम इनरुवालाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको हो । आज बिहानैबाट सडकमा नेपाली सेना परिचालित छन् । दंगाग्रस्त क्षेत्रमा नेपाली सेनाले हवाइ गस्तीसमेत सुरु गरेको छ । आन्दोलनको नाममा हिंसात्मक गतिविधि सुरु हुन थालेपछि विहीबार राति सुरक्षा समितिको बैठकले इनरुवालाई दंगाग्रस्त क्षेत्र घोषणा गरी नेपाली सेना परिचालन गरिने निर्णय अनुसार आज बिहान ७ बजेबाट नेपाली सेना परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयराज शर्माले बताए । सदरमुकाम इनरुवालाई दंगाग्रस्त क्षेत्र घोषणा गरेलगत्तै प्रशासनले सुनसरीको कोशी ब्यारेजदेखि पकलीसम्म र बुढीखोलादेखि इटहरीसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । राति साढे नौ बजेदेखि बिहान ७ बजेसम्म सो क्षेत्रमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
०००००००००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्