लिम्बुवानको बन्दको आह्वानले दोस्रो दिन पनि पूर्वको जनजीवन प्रभावित

लिम्बुवानको बन्दको आह्वानले दोस्रो दिन पनि पूर्वको जनजीवन प्रभावित

विराटनगर २५ भदौ ।
लिम्बुवान संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दका कारण आज दोस्रो दिन पनि पूर्वको जनजीवन प्रभावित बनेको छ । पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान र संविधानमा लिम्बुवान प्रदेशको माग गर्दै लिम्बुवान संयुक्त संघर्ष समितिले पूर्वका नौ जिल्लामा हिजो देखि आमहड्तालको आह्वान गरेको हो । संघर्ष समितिले ऐतिहासिक पृष्ठभूमि र पहिचानको आधार अरुण पूर्वको भू–भागलाई लिम्बुवान प्रदेश घोषणा गर्नुपर्ने माग गरेको छ । बन्दका कारण पूर्वका मोरङ, सुनसरी, झापा, पाँचथर, ताप्लेजुङ, ईलाम, संखुवासभा, ते¥हथुम र धनकुटाको जनजीवन प्रभावित बनेको छ । यता विराटनगरमा भने विगत २६ देखी मधेशी मोर्चाको अनिस्चित कालिन बन्दले दिनदिन प्रतिदिन दैनिकी गुजरा गरेर काम गर्ने मजदुर, रिक्शाचालक, सर्वसाधरण मारमा पर्दै आएका छन् ।
००००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्