प्रहरी र प्रदर्शनकारीविच झडपमा दुई प्रदर्शनकारी, एक प्रहरी घाइते

<span class='c1'>प्रहरी र प्रदर्शनकारीविच झडपमा दुई</span> <span class='c2'>प्रदर्शनकारी, एक प्रहरी घाइते</span>

सिरहा, भाद्र २६

सिरहा जिल्लाको गोलबजारमा शुक्रबार बन्दकर्ताहरुले निषेधाज्ञा तोड्न खोजेपछि प्रहरी र प्रदर्शनकारीविच झडप हुँदा दुई जना प्रदर्शनकारी र एक प्रहरी निरीक्षक घाइते भएका छन्।

प्रदर्शनकारीतर्फ सिरहा गोलबजार नगरपालिका ४ बस्ने २५ वर्षिय आशिष साह र सोही स्थान बस्ने २८ वर्षिय लक्ष्मण दास घाइते भएका छन्। उनीहरुको हात र तिघ्रामा रबर बुलेटको छर्राले लागेको छ। दुबै जनलाई लहान अस्पताल पुर्या ई उपचार गराईएको छ। प्रदर्शनकारीहरुको ढुङा मुढाबाट प्रहरी निरीक्षक राजन कार्कीको आँखामा चोट लागेको छ।

गोलबजार नगरपालिका ४ स्थित पूर्व पश्चिम राजमार्गमा अन्दाजी ५०० देखी ६०० जनाको संख्यामा रहेको बन्दकर्ताहरुले निषेधाज्ञाको अवज्ञा गरी प्रहरी र सवारी साधनमाथी ढुङा मुढा गरेपछि प्रहरीले हवाई फायर गरिएको थियो।

यसैविच प्रदर्शनकारीहरुले सिरहा नगरपालिका १ स्थित जिल्ला भूमि सुधार कार्यालय र सोही नगरपालिका ७ स्थित जिल्ला कृषि कार्यालयमा आगजनी गरेका छन्।

आगजनीबाट भूमि सुधार कार्यालयको महत्वपूर्ण कागजपत्रहरु जलेका छन भने कृषि कार्यालयको एउटा कुर्सि जलेको छ।

घटनास्थलमा तत्काल जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी परिचालन भई आगो नियन्त्रण गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्