खानासँगै च्याउ खानेबित्तिकै बिरामी

<span class='c1'>खानासँगै च्याउ</span> <span class='c2'>खानेबित्तिकै बिरामी</span>

बिराटनगर , २६ भदौ / जङ्गली च्याउ खाँदा  इलाम शान्तिडाँडाका एकै परिवारका चारजना बिरामी परेका छन् ।
बिहान खानासँगै च्याउ खाएका शान्तिडाँडा– ६ का बाबु ५० वर्षीय काजीमान राई, ५२ वर्षीया उनकै श्रीमती फूलमाया, छोरा १८ वर्षीय सन्दीप र १३ वर्षीया छोरी सञ्जिता बिरामी परेका हुन् ।

खानासँगै च्याउ खानेबित्तिकै बिरामी परेका उनीहरुको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । जङ्गलबाट गोब्रे च्याउ खाएर बिरामी परेको स्थानीय हर्कबहादुर राईले बताउनुभयो । उनीहरुलाई उपचारका लागि इलाम अस्पताल ल्याए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि झापातर्फ लगिएको छ ।  रासस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्