गाँजा फडानी अभियान

<span class='c1'>गाँजा फडानी</span> <span class='c2'>अभियान</span>

बिराटनगर, पौष १० गते ।

अवैध गाँजा खेती फडानी अभियान अन्तरगत सुनसरी र सिरहा जिल्लाका बिभिन्न गाविसहरुमा लगाइएको एक हजार बढी गाँजा बोट बिहिबार प्रहरीको सकृयतामा नष्ट गरिएको छ।

सिरहा जिल्लाको दुर्गापुर गाविस वडा नम्बर ४ स्थित बिभिन्न ब्यक्तिहरुको खेत तथा बारीमा लगाईएको अन्दाजी ८ सय गाँजाका बोट इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाको कमाण्डमा खटिएको प्रहरी टोलीले स्थानीय बुद्दिजिवी, राजनैतिक दलका प्रतिनिधी तथा पत्रकारहरुको रोहबरमा बिहिबार बिहान फडानी गरिको हो।

त्यस्तै सुनसरी जिल्लाको बसन्तपुर, छिटाहा, श्रीपुर, गौतमपुर, हरिनगरा, राजगंज सिनुवारी, मध्य हर्षाही, भोक्राहा गाविसमा रहेको अन्दाजी ६ सय बढी गाँजाका बोट पनि सोही दिन स्थानीय प्रहरी कार्यालयहरुबाट खटि गएको टोलीले नष्ट गरेका छन्।

स्थानीय प्रशासनको गाँजा खेती फडानी अभियान अन्तरगत प्रहरी सकृयतामा यो सातामात्रै धनकुटा, खोटाङ, सुनसरी र सिरहा जिल्लामा करौडोको गाँजा खेती नष्ट गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्