ईटहरीबाट बाघको छालासहित दुई जना भारतीय पक्राउ

ईटहरीबाट बाघको छालासहित दुई जना भारतीय पक्राउ

सुनसरी, पौष १२ गते ।

सुनसरी जिल्लाको ईटहरीबाट पाटे बाघको छालासहित शनिबार दुई जना भारतीय पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएका प्रहरीले इटहरी ८ स्थित डुम टोलबाट भारत राजस्थान घर भएका ३५ वर्षिय रामदेव बगडी र १९ वर्षिय राजु बगडीलाई नेपाली ८० हजार रुपैया र बाघको छालासहित पक्राउ गरेको हो।

पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धानकालागि इलाका प्रहरी कार्यालय इटहरीमा राखीएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्