ईलाममा एम्बुलेन्स दुर्घटना, तीन जनाको मृत्यु, दुई गम्भीर

<span class='c1'>ईलाममा एम्बुलेन्स दुर्घटना, तीन</span> <span class='c2'>जनाको मृत्यु, दुई गम्भीर</span>

ईलाम, पौष १३

ईलाम जिल्लाको गोदकमा  एम्बुलेन्स दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा पाँचथर फिदिन बस्ने ५० वर्षिया रेणुका अधिकारी, सोही स्थान बस्ने ५२ वर्षिय आनन्द अधिकारी र ६० वर्षिया नरिमाया चौहानको मृत्यु भएको हो।

त्यस्तै घाइतेहरुमा एम्बुलेन्सका चालक झापा सुरुङा ३ बस्ने ३६ वर्षिय ज्ञाननाथ प्रसाँई र बिरामीका आफन्त पाँचथर फिदिम १ बस्ने ४३ वर्षिय टिकाराम अधिकारी रहेका छन्। घाइतेहरुलाई उपचारकालागि झापा ल्याइएको छ।

बिरामी लिएर झापाबाट पाँचथरतर्फ जादै गरेको मे. १ च १७४७ नम्बरको एम्बुलेन्स आज बिहान ५ बजेतिर गोदक ४ स्थित घट्टा भन्ने स्थानमा सडकबाट अन्दाजी ३ सय पचास मिटर तल खसेर दुर्घटना भएको थियो।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटिगई उद्दार गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्