बिराटनगर पौस १४
पूर्वी मोरङमा नक्कली सुनको गहना बनाई ठगी गर्दै हिँड्ने गिरोहका तीन जनालाई प्रहरीले इटहरा र उर्लाबारीबाट नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सिजुवाले इटहरा–२ का कुमार विश्वकर्मा र सिजुवा–२ का मिलन सुनवारलाई गए राति इटहरा–६ स्थित उलुघुटुस्थित एक होटलबाट नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट रु ५० हजार र नक्कली सुनका दुईवटा गहना नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी नायब निरीक्षक शङ्कर खड्काले जानकारी दिनुभयो ।