फिदिममा आज विहान आगलागी , ११ लाख रुपैया वढिको धनमाल जलेर नष्ट

<span class='c1'>फिदिममा आज विहान आगलागी , ११</span> <span class='c2'>लाख रुपैया वढिको धनमाल जलेर नष्ट</span>

बिराटनगर पौस १४  पाँचथरको सदरमुकाम फिदिम १ बुद्दमार्गमा आज विहान आगलागी हुँदा ११ लाख रुपैया वढिको धनमाल जलेर नष्ट भएको छ । अचानक विधुत सर्ट भई चन्द्र भटराईको घरमा आगलागी हुँदा ११ लाख ५० हजार रुपैया भन्दा वढिको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
भटराईको घरमा स्थानिय प्रेम सिवाको टेलर पसल तथा सरला लिम्वूको फेन्सी पसल पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिनुभयो । आगलागी स्थानियवासी र प्रहरीको सक्रियतामा एक घण्टा पछि नियन्त्रणमा लिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्