उर्लाबारीमा आज बृहत सरसफाई सचेतनामूलक कार्यक्रम

<span class='c1'>उर्लाबारीमा आज बृहत</span> <span class='c2'>सरसफाई सचेतनामूलक कार्यक्रम</span>

उर्लाबारी , पुस १५  

उर्लाबारी नगरपालिकाको आयोजनामा मोरङको उर्लाबारीमा आज बृहत सरसफाई सचेतनामूलक कार्यक्रम गरिएको छ ।
उर्लाबारी–१ देखि ५ सम्म र ६ देखि ९ सम्म गरी दुई भागमा विभाजन गरी सरसफाई सचेतनामूलक कार्यक्रम गरिएको हो । सचेतनामूलक कार्यक्रममा सयौ संख्यामा स्थानीयबासी, राजनीति दलका प्रमुख तथा कार्यकर्ता, प्रहरी, बिद्यार्थीलगायत हातमा खरेटो र प्ले कार्ड बोकेर सहभागी भएका थिए । राजमार्ग केन्द्रीत सो सचेतनामूलक कार्यक्रममा सर्वसाधारणको उल्लेखिय सहभागीता रहेको थियो । आज दिउँसो एक बजे सरसफाई दुत तथा हाँस्यकलाकार धुर्मुस र सन्तलीको जोडीको सहभागीतामा दोस्रो चरणको सरसफाई कार्यक्रम हुने उर्लाबारी नगरपालिकाका कर्मचारी बालकुमार बरालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्