मानसिक सन्तुलन गुमाएको व्यक्तिको ढुङा प्रहारबाट एक जनाको मृत्यु

<span class='c1'>मानसिक सन्तुलन गुमाएको व्यक्तिको ढुङा</span> <span class='c2'>प्रहारबाट एक जनाको मृत्यु</span>

संखुसभा, पौष १६

संखुवासभा जिल्लाको चैनपुरमा मानसिक सन्तुलन गुमाएका व्यक्तिको ढुङा प्रहारबाट घाइते भएका एक पुरुषको बुधबार मृत्यु भएको छ।

मानसिक सन्तुलन गुमाएका तिर्थ बहादुर राईको ढुङा प्रहारबाट गम्भिर घाइते भएका चैनपुर नगरपालिका १७ ईखुम्बा बस्ने ४० वर्षिय खड्ग प्रसाद राईको उपचारकालागि सुविधा सन्पन्न अस्पतालमा लैजानेक्रममा मृत्यु भएको हो।

राईमाथी मंगलबार सांझ ढुङा प्रहार भएको थियो। उनको टाउकोमा ढुङाले गम्भिर चोट लागेको थियो। स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि उनलाई बुधबार बिहान बिराटनगरतर्फ ल्याउदै गर्दा उनको मृत्यु भएको हो।

अभियुक्त तिर्थ बहादुरलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्