बेलबारीमा युनेस्को मेला

<span class='c1'>बेलबारीमा युनेस्को</span> <span class='c2'>मेला</span>

बेलबारी १६ पुष ।

पुर्वी मोरङका पत्रकारहरुको क्षमता बृद्धी गर्ने तथा युनेस्को कार्यलय स्थापनार्थ बेलबारीमा बुधबारदेखी १० दिने युनेस्को मेला २०७२ सुरु भएको छ । मेलाको उद्घाटन सोही क्षेत्रका सांसद दिलिप गच्छदार, सांसद रत्नकुमारी गुरुङ(मधु) र मेला आयोजनासमितीका संयोजम भोजराज बस्नेतले संयुक्त रुपमा गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै सांसद गच्छदारले पत्रकार तथा संचार माध्यम विना समाज अपाङ हुने भन्दै पत्रकारको क्षमता अभिवृद्धी गरी दक्ष र यथार्तपरक समाचार सम्प्रेषण भएमात्र जनता सहि रुपमा सुसुचित हुने बताउनुभयो । सञ्चार क्षेत्र लोकतन्त्रबादीहरुको जग भएकाले यसलाई सम्पुर्ण लोकतन्त्रबादीहरुले संरक्षण गर्नुपर्नेमा जोड दिनु भयो । सांसद गच्छदारले संविधान परिवर्तनशिल भएकाले आवश्यकता अनुरुप जुनसुकैबेला परिवर्तन गर्न सकिने भएकाले आन्दोलनरत पक्षहरुलाई हिंंसात्मक आन्दोलन नगर्न र शान्तीपुर्ण रुपमा वार्ता ,संवादका माध्यमबाट निकास खोज्न आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्