झापा, पौष १६
झापा जिल्लाको शनि-अर्जुन नगरपालिकामा भैसीलाई खोले पकाउने क्रममा जलेर घाइते भएका एक पुरुषको आज मृत्यु भएको छ।
मृत्यु हुनेमा शनि-अर्जुन नगरपालिका ७ बस्ने ६८ वर्षिय दलबहादुर राई रहेका छन्।
बुधबार सांझ ५ बजे भैसीलाई खोले पकाउनेक्रममा राईको शरीरमा मट्टितेल पोखिएपछि आगोको लप्काले उनलाई भेटेको थियो।
राईको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहान मृत्यु भएको हो।