बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

<span class='c1'>बसको ठक्करबाट मोटरसाइकल</span> <span class='c2'>चालकको मृत्यु</span>

उदयपुर, पौष १९

उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा शनिबार बसले एक मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा मोटरसाइकल चालक त्रियुगा नगरपालिका २ का २८ वर्षिय दिनेश श्रेष्ठ रहेका छन्। बसको ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारकालागि बिराटनगरतर्फ ल्याउनेक्रममा बाटैमा उनको मृत्यु भएको हो।

सोही बसको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल पछाडी सवार २४ वर्षिय आदेश ओझाको बिराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।

अपरान्ह ४ बजेतिर उनीहरु सवार स. ४ प ७६०१ नम्बरको मो
टरसाइकललाई त्रियुगा नगरपालिका ११ स्थित चुरे जंगलमा जलजलेबाट लहानतर्फ आउदै गरेको ना ३ ख ३६८१ नम्बरको बसले ठक्कर दिएको थियो। ठक्कर दिने बस प्रहरीको नियन्त्रणमा छ भने चालक फरार रहेकाले खोजतलाश भइरहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्