गोली प्रहार गरी प्रहरी सहायक निरीक्षकको हत्या

<span class='c1'>गोली प्रहार गरी प्रहरी</span> <span class='c2'>सहायक निरीक्षकको हत्या</span>

सप्तरी, पौष २१

सप्तरी जिल्लाको नर्घो गाबिसमा सोमबार सांझ गोली प्रहारबाट एक प्रहरी सहायक निरीक्षकको हत्या भएको छ।

अज्ञात समुहको गोली प्रहारबाट प्रहरी चौकी झुट्कीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक रमेश सुब्बाको मृत्यु भएको हो।

नर्घो गाविस ६ स्थित झुट्की चौकमा डियुटीमा रहेका सुब्बामाथी सांझ ६ बजेतिर दुई वटा भारतीय मोटरसाइकलमा आएका समुहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

छाती र दाहिने तिघ्रामा एक\एक गोली लागेका उनलाई उपचारकालागि राजविराज अंचल अस्पताल लगिएकोमा सोही अस्पतामा सांझ ७ बजे उनको मृत्यु भएको हो।

घटनासम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट अनुसन्धान तथा गोली प्रहार गर्ने समुहको खोजतलाश भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्