बिराटनगर पुस २२
मोरङको राजघाट- ७ मा एक ९ बर्सिय बालिकालाई बलात्कार गरेको अभियोगमा सो ठाउँका ४२ बर्सिय बिनोद राई पक्राउ परेका छन ।सोमबार बलात्कार गरि फरार रहेका राईलाई मङलबार भारत जान लागेको अबस्थामा झापा को बिर्तामोड बाट उर्लाबारी प्रहरीको विशेष टोलिले पक्राउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिनुभएको छ ।पक्राउ परेका राईलाई जबर्जस्ति करणी को मुद्दा दर्ता गरि आबस्यक कार्वाही गरिने भएको छ ।