पत्रकार खड्का र धिमाल सम्मानित

<span class='c1'>पत्रकार खड्का र</span> <span class='c2'>धिमाल सम्मानित</span>

राजघाट पुस २२ गते ।
मोरङको राजघाट गाविसले स्थानीय स्तरमा सक्रिय दुईजना सञ्चारकर्मीलाई  सम्मान गरेको छ । गाविसको २३ औं गाउँ परिषदको अवसरमा पत्रकार तेजन खड्का र बिजय धिमाललाई सम्मान गरिएको हो ।
गाविस भित्र रहेका बिभिन्न समाचारहरु लेखेर यहाँको गतिविधीहरु देशदेशन्तार सम्म पु¥र्याएर परोपकारी पत्रकारीता गरेकोले उच्च मुल्याङ्कनका साथ सम्मान गरिएको गाबिस सचिब चन्द्रप्रसाद पराजुलीले जानकारी दिनुभयो । पत्रकार खड्का र धिमाललाई कार्यक्रमका प्रमुख अतिथी समाजसेवी प्रेमबहादुर पौडेल,बिशिष्ट अतिथी आदिवासी जनजाति महासंघ मोरङका उपाध्यक्ष नरबहादुर मोक्तान र गाविस सचिब चन्द्रप्रसाद पराजुलीले दोसल्ला ओडाएर सम्मान पत्र दिएर सम्मान गर्नुभयो । पत्रकार खड्का उर्लाबारी पेज डटकम र धिमाल राष्ट्रिय समाचार पत्रदैनिकमा आवद्ध छन् ।
यसैबिच गााविस सचिब पराजुलीले अघिल्लो आर्थिक बर्षको १ करोड २६ लाख ४ हजार २ सय ९२ आयब्यय र चालु आर्थिक बर्षको संसोधित ५३ लाख ८५ हजार ३ सय ७४ रुपैंया बराबरको अनुमानित आयव्यय प्रस्तुत गर्नुभयो । कार्यक्रममा नेकपा एमाले राजघाटका अध्यक्ष कुलबहादुर कार्की,एमाओवादीका गाउँ अध्यक्ष अमृतबहादुर आङबुहाङ,निवर्तमान गाविस उपाध्यक्ष बलबहादुर घिसिङ,सञ्चार क्लव नेपालका अध्यक्ष घनश्याम भण्डरी लगायतले बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्