ट्याक्टरको ठक्करबाट साइकलयात्रीको ज्यान गयो

<span class='c1'>ट्याक्टरको ठक्करबाट साइकलयात्रीको</span> <span class='c2'>ज्यान गयो</span>

झापा, पौष २२

झापा जिल्लाको भद्रपुरमा मंगलबार अपरान्ह ट्याक्टरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा झापा पृथ्वीनगर ७ निवासी ४५ वर्षिय सितराज लिम्बु छन्। लिम्बुलाई अपरान्ह साढे ४ बजे भद्रपुर नगरपालिका ४ स्थित झापा चोकमा भद्रपुरबाट महेशपुर तर्फ जादै गरेको मे. १ त ४८९९ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो। ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका लिम्बुको मेची अंचल अस्पताल भद्रपुरमा उपचारकाक्रममा मृत्यु भएको हो।

लाश पोष्टमार्टमकालागि सोही अस्पतालमा राखिएको छ भने ट्याक्टरलाई वडा प्रहरी कार्यालय भद्रपुरले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्