सिमल तरुल खाएर फुड पोइजन हुँदा एक वालकको मृत्यु

<span class='c1'>सिमल तरुल खाएर फुड पोइजन</span> <span class='c2'>हुँदा एक वालकको मृत्यु</span>

बिराटनगर पुस २२

सिमल तरुल खाएर फुड पोइजन हुँदा पाँचथर फिदिम ४ भूजेलडाँडाका १ वालकको आज विहान मृत्यु भएको छ, भने ३ जना वालवालिका सिकिस्त विरामी परेका छन् । मृत्यु हुनेमा फिदिम ४ का ईश्वरी खवासका ७ वर्षिय छोरा सविन खवास रहेका छन् । यस्तै उनकै आफन्तहरु १४ वर्षिय सर्मिला खवास, १० वर्षिय मनोज खवास, र ९ वर्षिय सागर खवास रहेका छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आफन्तका अनुसार सोमबार विद्यालयबाट फर्केर खाँजा खाएका उनीहरु विरामी परेका थिए । मृतक सविनको अहिले केहिबेर पछि पोष्टमार्टम गरिने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्