पेट्रोलियम पदार्थको अवैध बजार बन्द

<span class='c1'>पेट्रोलियम पदार्थको अवैध</span> <span class='c2'>बजार बन्द</span>

काँकडभिट्टा (झापा), २२ पुस । जिल्ला प्रशासन कार्यालयले काँकडभिट्टा नाका नजिक दुई महिनादेखि सञ्चालित पेट्रोलियम पदार्थको अवैध बजार बन्द गराएको छ । भारतीय नाकाबन्दी सुरु भएयता मेचीनगर–११ प्यारी भिट्टास्थित खुला चौरमा अवैध तेल बजार सञ्चालन हुँदै आएको थियो । त्यहाँ अवैध रुपमा भारतबाट भित्र्याइएको पेट्रोल र डिजेलको व्यापार हुँदै आएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी डम्बरु निरौलाले विकृति बढेका कारण बजार बन्द गराइएको जानकारी दिनुभयो । पहिलो चरणमा राजमार्ग वरपरको अवैध तेल बजार बन्द गराइएको र अर्को चरणमा जिल्लाका सबै क्षेत्रमा तेलको अवैध व्यापार रोक्ने योजना रहेको उहाँले बताउनुभयो । उक्त बजारमा दैनिक ८० हजार लिटर डिजेल र ४० हजार लिटर पेट्रोल किनबेच हुँदै आएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्