पिकअपको ठक्करबाट ईटहरीमा बालकको मृत्यु

पिकअपको ठक्करबाट ईटहरीमा बालकको मृत्यु

सुनसरी, पौष २४

सुनसरी जिल्लाको ईटहरीमा पिकअपको ठक्करबाट बिहिबार बालकको मृत्यु भएको छ।

को. १ च ६५३० नम्बरको पिकअप भ्यानले ठक्कर दिंदा ईटहरी नगरपालिका २ का अन्दाजी नौ वर्षिय बालक उज्वल भुजेलको घटनास्थलमै मृत्यु भएको हो।

बिहिबार दिउँसो करिब ४ बजेतिर ईटहरी बाट धरान तर्फ जाँदै गरेको को १ च ६५३० नं. पिकअप भ्यानले ईटहरी नगरपालिका २४ स्थित बरगाछी चौकमा बाटो काट्दै गरेका बालकलाई ठक्कर दिएको थियो।

पिकअप र चालकलाई प्रहरी चौकी तरहराले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्